उपत्यकामा २४११ सहित थप ८६०७ जनामा कोरोना संक्रमण, ७८९० संक्रमणमुक्त
काठमाडौं, ७ जेठ : पछिल्लो २४ घण्टामा नेपालमा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ८ हजार ४०७ जनामा पोजेटिभ देखिएको हो । त्यस्तै २०० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।
पछिल्लो २४ घण्टामा २३ हजार २२६ जनाको नमूना परीक्षण गरिएको हो । हाल देशभर सक्रिय संक्रमित १ लाख १६ हजार नाघेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ४११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १,७५२ जना, भक्तपुरमा २५९ जना र ललितपुरमा ४०० जना कोरोना संक्रमित भेटिएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ७८९० जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको छ ।
