कृषिमा आत्मनिर्भर बनाइने

सिन्धुली, १७ असोज : कृषिमन्त्री चक्रपाणि खनालले नेपालमा जमीनको समस्या समाधान नगरेसम्म नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन नसक्ने बताउनु भएको छ ।

सिन्धुलीमाडीमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आयोजना गरेको भेटघाटमा उहाँले आफूले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि कृषि क्षेत्रको समस्याको अध्ययन गरेर समाधानको प्रयास थालिएको बताउनुभयो । मन्त्री खनालले सरकारले कृषि क्षेत्रको विकास र उत्पादन वृद्धिका लागि अनुदानका कार्यक्रम ल्याए पनि हालसम्म वास्ताविक किसानले नपाएको बताउनुभयो ।

सरकारले किसानको स्तर माथि उठाउन र कृषि पेशालाई सम्मानित तथा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम ल्याए पनि अहिलेसम्म वास्ताविक किसानले नपाउँदा कृषिप्रति निराशा बढेकाको बताउँदै उहाँले अब सरकारले ल्याएका कार्यक्रम वास्ताविक किसानका हातमा मात्र दिइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब तीन वटै तहमा सरकार छन्, स्थानीय सरकार जनप्रतिनिधिबाट लिइएको तथ्याङ्कबाट वास्ताविक किसानको पहिचान गरेर सरकारका कार्यक्रमहरु ल्याउनेछु ।” मन्त्री खनालले कृषि पेशालाई व्यावसायिकीकरण, यान्त्रीकरण, बजारीकरण गर्ने बताउँदै अब कृषि पेशालाई सम्मानित बनाउन आफूले कृषि पेशालाई सम्मानित बनाउने बताउनुभयो ।

सरकारले खेतीयोग्य जमीन, औद्योगिकीकरण गर्ने जमीन, व्यावसायिक जमीन र अव्यवस्थित जमीन गरी विभाजन गर्ने र कृषियोग्य जमीन मास्न नपाइने नीति ल्याउने मन्त्री खनालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.