चियाको प्राङ्गारिक प्रमाणपत्र लिन सकस

इलाम, १६ असोज : अन्तर्राष्ट्रिय बजारमा अर्गानिक चियाको माग बढेपछि यसको उत्पादन गर्ने किसानको सङख्यामा वृद्धि भएको छ । तर अन्तर्राष्ट्रिय बजारबाट चियाको प्राङ्गारिक प्रमाणपत्र लिन किसानलाई अत्यन्तै समस्या पर्ने गरेको छ ।

चियालाई अर्गानिक बनाएर प्रमाणपत्र लिन लामो समय र धेरै लागत लाग्ने भएकाले अधिकांश किसानले सो प्रमाणपत्र लिन ‘झन्झट’ गर्न चाहदैनन् । केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्द दाहालले अर्गानिक प्रमाणपत्र लिनका लागि तीन वर्ष प्रक्रियामा लाग्ने र रु नौ लाखसम्म लागत लाग्ने गरेको छ ।

‘अर्गानिक प्रमाणपत्र लिनका लागि साह्रै धेरै रकम तिर्नुपर्छ, कसरी किसानले त्यत्रो रकम तिर्न सक्छन्’ दाहालले भन्नुभयो,“यो सबै रकम किसान आफैैले तिर्नुपर्छ, त्यही भएर कतिपय किसान अर्गानिक प्रमाणपत्र लिन रुचाउँदैनन्” ।

उहाँले अर्गानिक प्रमाणपत्र लिनका लागि सरकारले सहयोग गर्नुपर्ने चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेमराज गुरुङले जानकारी दिनुभयो ।

जिल्लामा ८५ भन्दा बढी चिया उद्योग भए पनि १२ वटा उद्योगले मात्र सहकारी अर्गानिक प्रमाणपत्र लिएका छन् ।

जिल्लाका तीन जुरे चिया उत्पादक सहकारी संस्था, उच्च पहाडी सहकारी संस्था, ग्रीनहिल चिया सहकारी संस्था, हिमालय साङ्ग्रिला, पाथीभरा चिया उद्योग, अर्थोडक्स चिया उद्योग, दाजुभाइ चिया उद्योग, मिस्टम्याली उद्योग, गोरखा टी स्टेट, इलामेली चिया सहकारी संस्था र इको चिया सहकारी संस्थामात्र अर्गानिक प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.