चीन स्थापनाको ६९औँ वार्षिकोत्सव स्वागत समारोहमा उपराष्ट्रपति पुन

काठमाडौँ, १२ असोज : उपराष्ट्रपति नन्दबहादुर पुन जनगणतन्त्र चीन स्थापनाको ६९औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।

नेपालका लागि चीनका राजदूत यू होङले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सङ्घीय संसद्का सदस्य, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकारी, उद्योगपति, व्यापारी, कामका सिलसिलामा काठमाडौँमा रहेका चिनियाँ नागरिकका साथै सञ्चारकर्मीको उपस्थिति थियो ।

समारोहमा राजदूत यूले बितेका ६९ वर्षमा चीनले सामाजिक र आर्थिक विकासमा फड्को मारेको चर्चा गर्दै नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६३ वर्षको अन्तरालमा दुई देश बीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभयो ।

राजदूत यूले भन्नुभयो, “समानता, पारस्परिक लाभ र सम्मानमा आधारित रहेर सहकार्य गर्दै आएका चीनले नेपालको भौतिक पूर्वाधार, ऊर्जा विकास, सूचना तथा सञ्चार प्रविधि, कृषि, शिक्षा तथा संस्कृति, पर्यटन, नागरिक उड्डयन, सम्पदा संरक्षणलगायत क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.