पत्रकार पराजुली सम्मानित
मिरा मल्ल । भाद्र १, स्याङ्जा : ढोरपाटन दैनिकको १८औँ वार्षिकोत्सवका अवसरमा सोमबार पोखरामा आयोजित कार्यक्रममा क्रियाशिल पत्रकार हिमलाल पराजुली सम्मानित हुनुभएकाे छ ।स्याङ्जा जिल्ला केन्द्रित भई दुई दशकदेखि पत्रकारितामा क्रियाशिल हुनुहुन्छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार पराजुलीलाई सम्मानपत्र र नगद रू १५,०००/-ले सम्मान गर्नुभएको हो । हाल पराजुली रासस स्याङ्जा संवादाता, जनता टेलिभिजन र ढोरपाटन दैनिकमा काम गर्दै आउनुभएको छ ।
प्रेस चौतारीका पुर्व अध्यक्ष समेत रहनुभएका पराजुली हाल प्रेस संगठनको गण्डकी प्रदेश कमिटीकाे सदस्य हुनुहुन्छ । सम्मानले पत्रकारिता क्षेत्रमा क्रियाशिल हुन तथा थप शसक्त रूपमा कार्य गर्न बनाउन प्रेरित गरेको पराजुलीले बताउनुभयो ।