थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २६३४ पुग्यो

काठमाडौं, २२ जेठ : बिहीबार थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले पछिल्लो २४ घण्टामा मोरङका १, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १, रौतहटका ६५, म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४,स्याङ्जाका १, डोटीका ३, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५, मुगुका १, दैलेखका ११३, खोटाङका ३, धनुषाका ६, महोत्तरीका ३, सर्लाहीका ३ गरी ३३४ कोरोना संक्रमित थपिएका जानकारी दिए ।

योसँगै नेपालमा संक्रमित संख्या २ हजार ६ सय ३४  पुगेको छ । तीमध्ये २९० जना उपचारपछि डिस्चार्ज भएका छन् भने १० जनाको मृत्यु भएको छ ।

गत २० गते मृत्यु भएका पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टिसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको हो । ती पुरूष केही दिनअघि भारतबाट आएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.