एकैदिन १५६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १०४२ पुग्यो

काठमाडौं, १५ जेठ : पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । बिहीबारसम्म देशका ५१ जिल्लामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ह्‍वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबारसम्म कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ। बुधबार मात्रै ११४ जना कोरोना संक्रमित थपिएका थिए ।

मंगलबार ९० जना कोरोना संक्रमित थपिएका थिए । भारतले रेल सेवा खुलाएर परीक्षण नै नगरी नेपालीलाई सीमा क्षेत्रमा ल्याइ छाडिदिन थालेपछि नेपालमा तीन दिनयता संक्रमितको संख्या तीव्र गतिमा बढेको हो । देवकोटका अनुसार थपिएका ११४ जना नयाँ संक्रमितमा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा गरिएको परीक्षणमा २ जना नयाँ संक्रमित रहेका छन् । उनीहरु सप्तरी जिल्लाका रहेका छन् ।

कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा २५ जना संक्रमित भेटिएका छन् । उनीहरु सबै झापाका रहेका छन् । उनीहरु झापाको कचनाकवल गाउँपालिकाका बासिन्दा हुन् । योसँगै झापामा संक्रमितको संख्या ७९ पुगेको छ । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा एकजना संक्रमित भेटिएका छन् । उनी नवलपुरका बासिन्दा हुन् ।

काठमाडौंस्थित जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा धनुषमा २९ जना, महोत्तरीका १७ जनासहित ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहीँ गरिएको परीक्षणमा रौतहटका तीनजनामा पनि कोरोना पुष्टि भएको छ ।  त्यस्तै सप्तरीका १२ जनमा पनि कोरोना देखिएको छ ।

त्यसैगरि सर्लाहीका ७ जना र सिरहाका ६ जनामा पनि कोरोना देखिएको छ। दोलखाका दुईजनामा पनि कोरोना देखिएको छ । सोलुखुम्बुका एकजना पुरुषमा पनि कोरोना देखिएको छ ।  प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा २३ जनामा कोरोना देखिएको छ । जसमा १३ जना संक्रमित सुर्खेतका रहेका छन् । त्यसैगरी दैलेखमा ८ जनामा कोरोना देखिएको छ ।

बझाङका एकजनामा पनि कोरोना पुष्टि भएको छ। प्रादेशिक अस्पतालमा कास्कीमा गरिएको परीक्षणमा स्याङजाका तीनजनामा कोरोना देखिएको छ । सेती अस्पतालमा धनगढीमा गरिएको परीक्षणमा दार्चुलाका एकजना र कैलालीका दुईजनामा कोरोना देखिएको छ । त्यस्तै हेटौँडाको कीटजन्य प्रयोगशलामा गरिएको परीक्षणमा १ जना संक्रमित भेटिएका छन् । भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका तीनजना र बाँकेका एकजनामा कोरोना देखिएको छ ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

यससँगै संक्रमितको संख्या १०४२ पुगेको छ । जसमा पुरुष ९४० जना र महिला १०२ जना रहेका छन् ।  कोरोना संक्रमितको संख्या बढेसँगै मृतकको संख्या पनि ५ पुगेको छ । बुधबारसम्म १८७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।  उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो पटक पर्साका चारजना संक्रमित निको भएर घर फर्किएका छन् । बुधबार साँझ ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.