नेपालमा कोरोनाले महामारीको रुप लिँदै, एकैदिन ९० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, १३ जेठ : नेपालमा कोरोनाले महामारीको रुप लिएको छ । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार महोत्तरीका २ जना, बारामा कार्यरत जुम्लाका २ जना, बाराका ३ जना, रौतहटका २२ जना, सिरहाका ५ जना, धनुषाका १ जना, बाँकेका ८ जना, कपिलवस्तुका २६ जना, अर्घाखाँचीका २ जना, गुल्मीका २ जना, रूपन्देहीका १ जना, कैलालीका १ जना, अछामका १ जना, स्याङ्जाका २ जना र सुर्खेतका १२ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा संक्रमितको संख्या ७७२ पुगेको छ भने संक्रमण ४६ जिल्लामा पुगेको छ । मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै चिकित्सकको निगरानीमा रहेको जानकारी दिएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । यस्तै कोरोना संक्रमित मध्ये १५५ जना उपचारपछि निको भएको भएका छन् भने नेपालमा अहिलेसम्म कोरोनाबाट ४ चारजनाको मृत्यु भएको छ ।
