मर्जरपछि सूर्योदय लघुवित्तको नाफा ३ करोड २९ लाख
मिरा मल्ल । पुतलीबजार, २ जेठ : त्रिलोक लघुवित्तलाई मर्ज गरेको सूर्योदय लघुवित्तले चालु आर्थिक वर्षको तस्रो त्रैमाससम्म आइपुग्दा ३ करोड २९ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ ।
यो गत वर्षको भन्दा २४.१६% ले बढी हो । गत वर्ष संस्थाले २ करोड ६५ लाख १५ लाख रुपैयाँ नाफा कमाएको थियो । जगेडा कोषमा १२ करोड ४३ लाख ३८ हजार रुपैयाँ जम्मा भइसकेको छ । सूर्योदय लघुवित्तले त्रिलोक लघुवित्तलाई मर्ज गरेर फागुन १० गतेदेखि एकीकृत कारोबार सुरु गरेको हो । दुई कम्पनी एक भएपछि सूर्योदय लघुवित्तको नामबाट कारोबार भएको छ । कम्पनीको केन्द्रीय कार्यालय स्याङजाको पुतली बजारमा छ ।
चैत मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी ४१.२७% ले बढेर १० करोड ३६ लाख ४४ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा २०.४२% ले बढेर ४ करोड ३६ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।
यसअवधिमा संस्थाको प्रतिसेयर आम्दानी वार्षिक ३२ रुपैयाँ ३२ पैसा छ । यसको प्रतिसेयर नेटवर्थ १५७ रुपैयँ ८२ पैसा रहेको छ । चुक्ता पुँजी ९९% भन्दा बढीले बढेर २१ करोड ५० लाख ४२ हजार रुपैयाँ पुगेको छ ।
