थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३ पुग्यो
काठमाडौं, ३१ वैशाख : थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अनुसार रुपन्देही, पर्सा, नवलपरासी र कपिलवस्तुमा २४ जना कोरोना संक्रमित भेटिएका हुन् ।
अधिकारीका अनुसार रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३४ र ४१ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको हो । त्यस्तै रुपन्देहीमै ४, १० र २८ वर्षीया महिलामा पनि कोरोना देखिएको छ ।
यसअघि बुधबार दिउँसो २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु कपिलवस्तु र बाँकेका थिए ।
यो सँगै कोरोना संक्रमितको संख्या २४३ पुगेको छ भने कोरोना संक्रमित मध्ये उपचारपछि ३५ जना निको भएका छन् ।

