फ्रान्स, इटली र स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमी

काठमाडौं, २२ बैशाखः पछिल्लो २४ घण्टामा फ्रान्स, इटली र स्पेनमा हप्तौंपछि सबैभन्दा कम व्यक्तिको कोरोनाबाट मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा फ्रान्स, इटली र स्पेनमा पछिल्लो हप्ताकै सबैभन्दा कम मृत्यु भएको बीबीसीले जनाएको छ । फ्रान्समा १३५, स्पेनमा १६४  र इटलीमा १७४ जनाको मृत्यु भएको छ ।

फ्रान्समा ११ मे बाट लकडाउन हटाउने तयारी गरिएको छ । त्सपछि बच्चाहरु स्कुल जान सक्ने छन् । केही व्यवसाय सञ्चालन हुनेछन् । र बिना कुनै कागजात १०० किलोमिटरसम्म हिँड्न सकिने छ । फ्रान्समा अब ईयू र ब्रिटेनबाट आउने व्यक्तिले दुई हप्ता क्वारेन्टाइनमा पनि बस्नु पर्दैन ।

आइतबार फ्रान्सका स्वास्थ्यमन्त्रीले नयाँ संक्रमणमा कत्तिको कमी आउँछ, त्यसमा पनि धेरै कुरा निर्भर हुने बताएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा १६४ जनाको ज्यान जाँदा यो डेढ महिना यताकै सबैभन्दा कम हो । सात हप्ता पछि स्पेनमा शनिबार बयस्कहरुले घरबाहिर निस्किने स्वतन्त्रता पाएका छन् । आजबाट सार्वजनिक यातायातमा मास्क लगाएर यात्रा गर्न सकिने भएको छ ।

इटलीमा पछिल्लो २४ घण्टामा १७४ जनाले ज्यान गुमाउँदा यो दुई महिना यताकै सबैभन्दा कम हो । इटलीमा पनि आजबाट लकडाउनमा केही छुट दिइएको छ । यद्यपि स्कुल, सिनेमा घर तथा महलहरु भने बन्द नै रहने बीबीसीले जनाएको छ ।

इटली अमेरिका पछि कोरोनाका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देश हो । यहाँ २८ हजार ८८४ को ज्यान गइसकेको छ । अमेरिकामा ६८ हजार ५६९ को ज्यान गइसकेको छ ।

स्पेनमा २५ हजार २६४ तथा फ्रान्समा २४ हजार ८९५ जनाको कोराना संक्रमणका कारण ज्यान गइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.