झापामा ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४९ पुग्यो

काठमाडौं, १२ वैशाख: कोरोना भाइरस (कोभिड-१९) को एक संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

उनलाई अस्पतालको आइसोलेशनमा राखिएको छ साथै उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता, डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ भने कोरोना संक्रमित मध्ये १० जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.