कोरोना भाइरसका कारण ब्राजिलमा पनि पहिलो व्यक्तिको मृत्यु

साओ पाउलो, ब्राजिल, ४ चैत : कोरोना भाइरसको कारण ब्राजिलको साओ पाउलो सहरमा पहिलो व्यक्तिको मृत्यु भएको यहाँका अधिकारीले मङ्गलबार बताएका छन् ।

ब्राजिलमा ६२ वर्षीय एक पुरूषको उपचारका क्रममा सोमबार मृत्यु भएको भएपनि उनमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि मङ्गलबारमात्र गरिएको छ । यससँगै कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुने ब्राजिल दक्षिण अमेरिकी मुलुकमध्ये पहिलो मुलुक बनेको छ ।

साओ पाउलोका नगर प्रमुख ब्रुनो कोभासले स्थानीय डीबीएन रेडियोसँग भन्नुभयो, “दुर्भाग्यवस मृतक ती व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।” उहाँले ब्राजिलले सङ्क्रमण फैलिन नदिन आवश्यक तयारी गरिसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.