तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपति भवन, शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि गणतन्त्र भारतका आवासीय राजदूूत विनयमोहन क्वात्रा ओहोदाको प्रमाणपत्र प्रस्तुुत गर्दै । तस्वीर: चन्द्रकला क्षेत्री

काठमाडौँ, २२ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तीन देशका राजदूतहरूले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा नेपालका लागि गणतन्त्र भारतका आवासीय राजदूत विनयमोहन क्वात्रा तथा गणतन्त्र सिसेल्स र मेक्सिकोका गैरआवासीय राजदूतद्वय टमस सेल्वि पिल्ले र फेडेरिको सालास लोट्फीले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.