११ विधामा ३५ जनालाई प्रदेश पदक प्रदान
भरत केसी । बुटवल, ३ फागुन : प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसर पारेर विभिन्न ११ विधामा ३५ जनालाई प्रदेश पदक प्रदान गरेको छ । सर्वोत्कृष्ट पदकमध्ये ‘बुद्ध शान्ति पदक’ लुम्बिनीको विकासमा योगदान पु¥याएका जापानिज नागरिक भिक्षु नावातामे लाई(मरणोपरान्त) प्रदान गर्ने निर्णय गरिएको छ । जापान सरकारले लुम्बिनीमा निर्माण गरेको विश्व शान्ति स्तूपा निर्माणका क्रममा नावाताको हत्या भएको थियो । भिक्षु नावातामेको तर्फबाट उहाँका धर्म भाई तसुमा सातोलाई सो सम्मान प्रदान गर्नुभयो ।
यस्तै ‘प्रदेश प्रमुख जनसेवा पदक प्रथम’ सङ्घीयता, गणतन्त्र र साहित्य, कला क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएका रुपन्देहीका मोदनाथ प्रश्रित र पत्रकारिता तथा साहित्य क्षेत्रमा विशिष्ठ योगदान एवं सङ्घीयता र गणतन्त्रको प्राप्तिको सङ्घर्षमा मृत्यु भएका अर्घाखाँचीका कृष्ण शेन इच्छुक (मरणोपरान्त) लाई उहाकी पत्नी तक्मा केसीलाई प्रदेश प्रमुख जनसेवा पदक द्वितीयबाट प्रदान गरियो ।
प्रदेश प्रमुख जनसेवा पदकबाट प्रदेशको प्रथम आवधिक योजना तर्जुमामा विशिष्ठ योगदान गर्नुभएका प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठ, प्रदेश प्रमुख जनसेवा पदक तृतीय सङ्घीयता र गणतन्त्र प्राप्तिको आन्दोलनमा विशिष्ठ योगदान पु¥याएका सूर्यप्रकाश पुन र परम्परा गौतम (दम्पती) मरणोपरान्त लाई उहाँका छोरा सन्दीप पुनलाई सम्मान गरियो । सङ्घीयता र गणतान्त्रिक आन्दोलनमा उल्लेखनीय योगदान पु¥याएको आन्दोलनका क्रममा एकै परिवारका छ जनाले ज्यान गुमाएका दाङका भगौता थारुलाई प्रमुख जनसेवा पदक तृतीयबाट सम्मान गरियो ।
यस्तै ‘मुख्यमन्त्री प्रज्ज्वल दीप प्रथम पदक’ प्रदेशको विकास र प्रतिष्ठामा विशिष्ठ योगदान गरेका प्रदेशसभाका पूर्वसदस्य स्व उत्तरकुमार वलीलाई (मरणोपरान्त) उहाँकी पत्नी विमला वली, प्रदेश सेवा समर्पण पदक प्रथम प्रदेश ५ को प्रमुख सचिवका रुपमा उत्कृष्ट एवं प्रशंसनीय काम गरेका प्रदेश सरकारका पूर्वप्रमुख सचिव डा तीर्थराज ढकाल र प्रदेश ५ को प्रदेशसभाको सचिवका रुपमा विशिष्ठ एवं प्रशंसनीय कार्य गरेका सुरेन्द्र अर्याललाई द्वितीय पदक प्रदान गरियो ।
यस्तै पत्रकारिता र समाज सेवामा उत्कृष्ट योगदान गरेका दाङका वरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा रेग्मीलाई समाजसेवा श्री प्रथम पदक, समाजसेवा श्री द्वितीय पदक समाज सेवा र प्रजातान्त्रिक आन्दोलनमा योगदान गरेका गुल्मीका शमशेरबहादुर खत्री मरणोपरान्त, संस्कृत शिक्षा क्षेत्रमा विशिष्ठ योगदान पु¥याएकी दाङकी हिमादेवी उपाध्याय (मरणोपरान्त) उहाँका छोरा देविप्रसाद पोखरेललाई सम्मान गरियो । यस्तै प्रजातान्त्रिक आन्दोलन र समाजसेवामा उल्लेख्य योगदान गरेका बाँकेको अशोककुमार रोकाय क्षेत्रीलाई समाजसेवा श्री द्वितीय पदकबाट सम्मान गरियो ।
साथै समाजसेवा श्री तृतीय पदकबाट दुर्गम क्षेत्रमा रही स्वास्थ्य क्षेत्रमा काम गरेका प्यूठानका डा लेखराज सुवेदी र पाल्पा मदन पोखराका समाजसेवी घण्टप्रसाद अर्याल र गौतमबुद्ध मुटु अस्पतालमार्फत स्वास्थ्य सेवामा योगदान गरेका रुपन्देहीका एजाज आलमलाई प्रदान गरिएको थियो ।
प्रदेश रत्नपदक प्रथमबाट थारु भाषा संस्कृतिमा योगदान गरेका दाङका महेश चौधरी , शिक्षा सामाजिक क्षेत्रमा योगदान गरेका गुल्मीका परमानन्द भण्डारी मरणोपरान्त उहाँका छोरा भुवनेश्वर भण्डारी प्रदेश रत्न द्वितीयबाट सम्मानित हुनुभएको थियो । रुपन्देहीमा रहेर कृषि क्षेत्रमा योगदान गरेका सिपी शर्मा र शशिधर शर्मा द्वितीय, भाषा साहित्यका क्षेत्रमा योगदान गर्ने कपिलवस्तुका प्राध्यापक डा विष्णुराज आत्रेय, चित्रकला र मूर्तिकलाका क्षेत्रमा योगदान गर्ने रुपन्देहीका नर्बु लामा, शिक्षा क्षेत्रमा योगदान गर्ने बुद्धिबहादुर रायमाझी, अल्लो उत्पादनमा योगदान गरेकी प्यूठानकी चित्रकली बुढा र खेलकूद क्षेत्रमा योगदान गरेका क्रिकेट खेलाडी सोमपाल कामीलाई प्रदेश रत्न तृतीय पदकबाट सम्मानित हुनुभयो ।
यस्तै पुथा श्री शिखर द्वितीय पदकबाट पर्यटकीय क्षेत्रमा योगदान गरेका बाँकेका कृष्णलाल चौधरी,प्रदेश प्रज्ञा पदक द्वितीयबाट संस्थागतरुपमा प्रदेशमा सामुदायिक क्याम्पसमध्येबाट लुम्बिनी वाणिज्य क्याम्पस र तृतिय पदक गुल्मीको रेसुङ्गा माध्यमिक विद्यालय सम्मानित भएका थिए ।
यस्तै प्रज्ञापति गौतमी पदक तृतीय पदक महिला सशक्तीकरणमा योगदान गरेकी दाङकी पिमकुमारी गिरी र रोल्पाकी भागरथी घर्ती, दङ्गीशरण बलिहाँस पदक प्रथम बर्दियाका बेपत्ता नागरिक सगुनलाल चौधरी, मगर भाषामा विशिष्ठ योगदान गरेका दाङका जीतबहादुर थापा मगर (मरणोपरान्त) द्वितीय र दङ्गीशरण बलिहाँस पदक तृतीय बर्दियाका एकराज चौधरी, बाँकेका अब्दुल रहिफ सौफ, नवलपरासीका कौशलेन्द्र श्रीवास्तव लाई प्रदान गरिएको थियो । प्रदेश प्रमुख धर्मनाथ यादवले सो सम्मान प्रदान गर्नुभएको थियो ।
सागका विजेता खेलाडी सम्मानित
कार्यक्रममा दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगितामा विभिन्न विधाका खेलमा विजयी प्रदेशभित्रका उत्कृष्ट ४४ जना खेलाडीलाई समेत नगद तथा प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।
प्रदेश सरकारले १३औँ सागमा स्वर्ण रजत कास्य पदक विजेता ४४ जना खेलाडीलाई सम्मान गरेको थियो । तेक्वान्दोमा एकल र टिमबाट क्रमश स्वर्ण र कास्य विजेता अर्घाखाचीका कमल श्रेष्ठले रु एक लाख २० हजार, भारोत्तलन ५९ बाँकेका स्वर्ण विजेता सञ्जु चौधरीलाई रु एक लाख, बक्सिङमा स्वर्ण पदक जीतेका झुपेन्द्र थापालाई रु एक लाख, कराते मा स्वर्ण सरु कार्की रु ८० हजार, रुपन्देहीका फूटबल खेलाडी स्वर्ण नितिन थापालाई रु ८० सहित सम्मान गरिएको थियो ।
त्यसैगरी जुडोमा रजत र कास्य पदक विजेता निर्मला घर्तीमगरलाई रु एक लाख १० हजार, ट्रायाथोलन टिम र एकल रजत र कास्य पदक विजेता वसन्त थारुलाई रु ९० हजारसहित प्रमाणपत्रले मुख्यमन्त्री शङ्कर पोखरेलले सम्मान गर्नुभयो ।
त्यसैगरी उसुमा रजत विश्व बुढामगर रु ८० हजार, मङ्गलप्रसाद थारु उसु रु ८० हजार किरण आले रजत रु ८० हजार, सुशीला चन्द कुस्ती रु ८० हजार नगदसहित सम्मानित भएका छन् । महिला फुटवलमा रजत निरु थापा, महिला खोखोमा रजत निर्मल गिरी, पुनम थारु, दीपा विश्वकर्मा, अञ्जली थापा, आशा थारु, करिस्माकुमारी बोगटीलाई जनही रु.६० हजर नगदसहित सम्मान गरिएको छ । महिला ह्यान्डबलमा रजत पदक विजेता सुमित्रा चौधरी, रामकुमार चौधरी, अर्चना न्यौपाने, कल्पना वलीले जनही रु ६० हजार प्राप्त गरेका छन् ।
ट्रयाथोलनमा रजत कल्पना वली दिपेश चौधरी हुमी बुढामगर, महिला फुटबल खेलाडी पूजा राना, फेन्सिङ गोमा आचार्यले नगर रु ६० हजार प्राप्त गरेका छन् । यस्तै करातेमा कास्य पदक विजेता मनिषा चौधरी जुडो सोनिया भट्ट दीपा गुरुङ तेक्वान्दोमा गोविन्द आले प्रकाश केसी कास्य पदक विजेता खेलाडीले रु ६० हजारसहित सम्मान पाएका छन् ।
कास्यपदक विजाता प्रकाश केसी अर्जुनकुमार वागचन्द मीनप्रसाद गौचन, रोहित पौडेल अभिनाश शोहरा, कुशल भुर्तेल, सोमपाल कामी, सीताराना मगर, इन्दु बर्मा, धनबहादुर चौधरी, गोपिप्रसाद तिमिल्सेना, भरत सारु तिलक सिञ्जाली, गौरव कायाले जनही रु ४० हजार नगदसहित सम्मानित भएका छन् ।
