सोह्र महिनापछि क्यान्सर अस्पतालमा अध्यक्ष

चितवन, १५ माघ : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले १६ महिनापछि अध्यक्ष पाएको छ ।

मन्त्रिपरिषद्को यही माघ १३ गतेको बैठकले अध्यक्षमा डा निर्मल लामिछानेलाई नियुक्त गरेको हो । लामिछाने सोही अस्पतालमा वरिष्ठ मूत्ररोग विशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ । उहाँ अस्पतालका उपनिर्देशक भएर काम गर्दै आउनुभएको छ ।

विसं २०७५ असोज ३ गतेदेखि अस्पतालको अध्यक्ष पद रिक्त थियो । तत्कालीन अध्यक्ष प्रकाशराज न्यौपानेको कार्यकाल सकिएसँगै अस्पताल नेतृत्व विहीन भएको थियो । यसअघि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अस्पताल सञ्चालक समितिको अध्यक्षता गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.