अग्रज पत्रकार रिसाल सम्मानित

अग्रज पत्रकार भैरव रिसाल ।

काठमाडौँ, १ माघ : पृथ्वी जयन्ती एवम् एकता दिवसको अवसरमा अग्रज पत्रकार भैरव रिसाललाई सम्मान गरिएको छ । राष्ट्रिय एकताको प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको भन्दै योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले सामूहिक रूपमा उहाँको अभिनन्दन गरेको हो । ट्रष्टका अध्यक्ष शङ्कर पौडेलले ९२ वर्षीय रिसालले सात दशकदेखि सञ्चार क्षेत्रका माध्यमबाट राष्ट्रियताको प्रवद्र्धनमा पु¥याउनुभएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । यसैका लागि उहाँलाई सम्मान गरिएको हो ।

अभाव र असहज परिस्थितिसँग सङ्घर्ष गर्दै सञ्चार क्षेत्रको श्रीवृद्धिमा उहाँको भूमिका अविस्मरणीय रहेको छ । अभिनन्दनसँगै वरिष्ठ पत्रकार रिसालको सु–स्वास्थ तथा दीर्घायु एवं सक्रिय जीवनको लागि शुभकामना पनि व्यक्त गरिएको थियो ।

सम्मानित पत्रकार रिसालले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेकै कारण हामीले नेपाल र नेपाली, नेपाल सरकार, नेपाल राष्ट्र, नेपाल राज्य पाएको विचार राख्नुुभयो । राष्ट्रियताका लागि सानातिना विषयलाई थाँती राखेर एकजुट हुनुपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.