नेपाल जनप्रशासन सङ्घको अध्यक्षमा बाँस्कोटा
काठमाडौँ, १२ पुस : नेपाल जनप्रशासन सङ्घको अध्यक्षमा कृष्णहरि बाँस्कोटा निर्विरोध निर्वाचित हुनुभएको छ ।
आज सम्पन्न निर्वाचनमा सङ्घको उपाध्यक्षमा यशोदाकुमारी काफ्ले, महासचिवमा रामशरण चिमोरिया, सचिवमा सुभास शर्मा र कोषाध्यक्षमा तीर्थराज पराजुली निर्विरोध निर्वाचित हुनुभएको सङ्घले जनाएको छ ।
यसैगरी सदस्यहरुमा सरोज खनाल, नारायण सुवेदी, शान्तिलक्ष्मी शाक्य, डा मीनबहादुर पौडेल क्षेत्री, विष्णुराज पौडेल, मणिराम ओझा, शेरबहादुर ढुङ्गाना, दीपक खड्का र (संस्थागत) सदस्य चुडाराज उप्रेती रहनुभएको छ ।
