लेटाङ साकाेस नेपाल स्तरको गुणस्तर मापदण्ड (प्रोबेशन ब्राण्ड) कायम गर्न सफल
राममणी बराल । काठमाडौँ, ५ पुस : लेटाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेफ्स्कूनद्वारा सञ्चालित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेशन अन्तर्गत यस बर्ष ब्राण्ड प्राप्त गर्न सफल भएको छ ।
नेपाल स्तरको साकोस गुणस्तर मापदण्ड प्रोबेशनमा यस बर्ष लेटाङ साकाेससहित देशभरका चौंतीस बचत तथा ऋण सहकारी संस्थाहरु सफल भएका छन् ।
नेफ्स्कूनकाे २८औँ वार्षिक साधारण सभास्थल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाण्डाैंमा माननिय सहकारी मन्त्री पद्मा अर्यालबाट अध्यक्ष गाेपाल बारकाेटीले ग्रहण गर्नुभयो ।
कार्यक्रममा संघिय संसदका माननीय श्री घनश्याम खतिवडा, केन्द्रीय प्रतिनिधि नन्दलाल धिमाल, व्यबस्थापक रामकुमार दाहाललगायतका महानुभावहरुको उपस्थिती रहेको थियो ।
साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेशन अन्तर्गत यस बर्ष नेपाल स्तरको मापदण्ड कायम गर्न सफल अन्य साकोसहरुमा एकिकृत फ्रेण्डसिप साकोस–दोलखा, ऐंचो पैंचो साकोस–काठमाडौं, कोलिय देवदह साकोस–रुपन्देही, गछिया साकोस–मोरङ, ग्रामिण साकोस– सल्यान, जनउत्थान साकोस–रुपन्देही, जनमुखी साकोस–दोलखा, नवजागरण साकोस–रामेछाप, नवप्रगती पृथ्वी साकोस– नवलपरासी सुस्ता पूर्व, नवविकास साकोस–रौतहट, परोपकार साकोस–नवलपरासी सुस्ता पूर्व, फुलवारी साकोस–प्यूठान, भिमकुल साकोस–गोरखा, महाप्रभु साकोस–दाङ, महिला जनचेतना साकोस–मकवानपुर, महिला जागरण साकोस–मकवानपुर, महिला मिलन साकोस–मकवानपुर, लुम्बिनी साकोस, नवलपरासी सुस्ता पश्चिम, लेकाली स्वावलम्बन साकोस–गुल्मी, विरेन्द्रनगर साकोस–मोरङ, शिक्षक कल्याण साकोस–दोलखा, शिखर साकोस, सुर्खेत, श्रोत परिचालन साकोस–धादिङ, सक्रिय महिला साकोस–मकवानपुर, सप्तकोशी साकोस–गोरखा, सयपत्री साकोस–नवलपरासी सुस्ता पश्चिम, सामुहिक साकोस–भक्तपुर, सामुहिक विकास साकोस–रुपन्देही, सिको साकोस –बर्दिया, सिनर्जी साकोस–कपिलबस्तु, सुन्दरपुर साकोस–मोरङ, हरियाली साकोस–दाङ, हाम्रो मध्यवर्ती साकोस–बर्दिया रहेका छन् ।
प्रोबेशन गुणस्तर मापदण्ड पुरा गर्न सफल उक्त साकोसहरुलाई मिति २०७६ पौष २ गते बसेको संघको सञ्चालक समितिको बैठकले ब्राण्डको लागि निर्णय गरेको थियो ।

