जाउलाखेल क्लबलाई प्रभु बैंकको साथ

काठमाडौँ, २९ मङ्सिर : ललितपुरको जावलाखेल युवा क्लबलाई प्रभु बैंकले एक वर्षका लागि मुख्य प्रायोजन गरेको छ । ‘ए’ डिभिजन क्लब जाउलाखेललाई प्रभु बैंकले मुख्य प्रायोजक गरेबापत रु २५ लाख प्रदान गर्नेछ ।

उक्त प्रायोजनासँगै क्लबको फुटबल जर्सीका अगाडिको भागमा प्रभु बैंकको नाम उल्लेख गरिनेछ भने क्लबको नाम प्रभु जाउलाखेल युवा क्लब रहनेछ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जाउलाखेल क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले आज यहाँ आयोजित कार्यक्रममा उक्त सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो । बैंकका कार्यकारी अधिकृत शेरचनले क्लबलाई प्रायोजनमात्र नभएर फुटबल विकासमा साथ दिने बताउनुभयो ।

त्यस्तै क्लबका अध्यक्ष क्षेत्रीले उक्त प्रायोजन सम्झौताले क्लबको फुटबल विकासमा सहयोग पुग्ने बताउनुभयो । जावलाखेल युथ क्लबको टोलीमा कुलदीप कार्की (कप्तान), टिकेन्द्र थापा, अरुण ब्लोन, सुशीलकुमार यादव, मनिष पौडेल, सिमान्त थापा, निरबहादुर आले, विमल घिसिङ, सुजित बुढाथोकी, गौतम श्रेष्ठ, सुरज ठकुरी, विशाल तामाङ, एरुज सिं र समिर कार्की छन् ।

त्यसैगरी रुपबहादुर लामा, विजय घलान, ड्याडी जुनियर वाम्बा (क्यामरुन), फोडे फोफाना (गिनी), एडामा डुम्बिया (माली), यज्ञ प्रधान, दिलेन लोक्ताम, हरि कठायत, सुरज घिमिरे, अभिषेक वाइबा र गौरव श्रेष्ठ छन् । प्रशिक्षकमा नरेश थापा र सहायक प्रशिक्षकमा जग्गुनाथ खड्का छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.