ढुङ्गेल प्रमुख कार्यकारी अधिकृत नियुक्त
काठमाडौँ, मङ्गसिर ९ सिभिल क्यापिटल मार्केट लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा झनकराज ढुङ्गेललाई नियुक्त गरेको छ ।
बैङ्क तथा वित्तिय संस्थाका साथै पूँजी बजारको क्षेत्रमा २५ बर्षको अनुभव बटुलि सकेका ढुङ्गेललाई आगामी ४ बर्षका लागि सिइओमा नियुक्त गरेको क्यापिटलले जनाएको छ ।
ढुङेललाइ क्यापिटलका अध्यक्ष श्री सुनिल पोख्रेलले पुष्प गुच्छा प्रदानगरि स्वागत गर्नु भएको थियो ।
ढुङ्गेलले प्रोगेसिभ फाइनान्स, अरनिको विकास बैङ्क र एन आई सि एशिया क्यापिटमा गरेर ८ बर्ष प्रमुख कार्यकारी अधिकृत (सिइओ) को भूमिका निभाई सक्नु भएको छ ।
नव नियुक्त सिइओ ढुङ्गेलले संस्थाले दिएको जिम्मेवारी कार्यकुशलता र जिम्मेवारी पूर्वक निभाउने र संस्थाको कार्यशैलीमा सुधार गर्दे सेवाग्राहीलाई आधुनिक प्रविधि मैत्री सेवा र सुविधा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
