प्राइम बैंकले १६ प्रतिशत लाभांश दिने

काठमाडौँ, ९ मङ्सिर : प्राइम बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी रु नौ अर्ब ६८ करोड ६८ लाख ५१ हजार ७०० को १६ प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो ।

बैंकको उक्त लाभांश प्रस्ताव आगामी साधारणसभा एवम् नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिनेछ । शेयर लाभांश वितरणपछि बैंकको कूल चुक्ता पूँजी रु ११ अर्ब २३ करोड ६७ लाख ४७ हजार ९७२ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.