युनाइटेड बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा

काठमाडौँ, ३ मङ्सिर : काठमाडौँ महानगरपालिकाको २९ वडामा सञ्चालनमा रहेको युनाइटेड बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त सहकारीका रुपमा घोषणा गरिएको छ । कामपाको आज बसेको ३८औँ कार्यपालिका बैठकले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

बैठकले महानगरको वडा २९ मा २०६४ सालमा दर्ता भएर सञ्चालनमा आएको सहकारीका सञ्चालक २०७४ सालबाट सम्पर्कविहीन भएको पनि जनाएको छ । महानगरको प्रशासन विभागका प्रमुख नमराज ढकालका अनुसार १५१ जना सञ्चालक रहेको सहकारीका सञ्चालक भागेपछि बचतकर्ताले महानगरमा निवेदन दिएका थिए । “यसअघि सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रिपरिषद्मा जानुपथ्र्यो”, उहाँले भन्नुभयो, “अहिले यो अधिकार नगर कार्यपालिकामा आएको छ । यही व्यवस्थाअनुसार निर्णय भएको हो ।” कामपामा हाल एक हजार ८४८ सहकारी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.