कर्णालीको किनारमा केकी र बिनोदको रोमान्स
काठमाडौँ, ८ कात्तिक : म्युजिक भिडियोदेखी ठुलो पर्दासम्म छाएकी अभिनेत्री केकी अधिकारीको एउटा बेग्लै प्रस्तुति हो पिपलुको छाया लाग्छ तिम्रै माया, मलाई कर्णालीको किनारमा आउनु भेट्न निरमाया ।
मध्यपश्चिम र सुदुरपश्चिमको सेरोफेरोलाई समेटिएको यस् म्युजिक भिडियोमा केकीलाई बिनोद न्यौपानेले साथ दिएका छन । नेपाली सांगीतिक क्षेत्रमा एउटा फरक प्रस्तुति हो पिपलुको छाया । दिपक शर्माको शब्द र संगीतको जादुलाई गीत सुनिसकेपछी मानसपटलबाट हटाउन अफ्ठ्यारो छ । 
गाउले परिबेसमा सजिएकी केकी र बिनोदको अभिनयले एउटा अमर कथाको झझल्को दिन्छ । कर्णालीको रोमान्सलाई क्यामेरामा कैद गर्न सफल म्युजिक भिडियो निर्देशक युवराज वाइबाको पृथक शैली यस भिडियोमा पनि उजागर भएको देखिन्छ ।
नायिका केकीको रोमान्सलाई मुर्त रुप दिन सफल गायक केशब भट्टकोे मखमली आवाजको जादु पनि यस् म्युजिक भिडियोमा सुन्न सकिन्छ ।
उक्त गीत हेर्नका लागि तलको यो युट्युव लिङ्कमा जानुहोस ।
