भैरव पुरस्कार घोषणा

काठमाडौँ, २२ भदौ : ‘भैरव प्रतिभा पुरस्कार’ वरिष्ठ हास्य कलाकार युवराज मैनालीलाई प्रदान गरिने भएको छ । हास्यव्यङ्ग्य साहित्यका शास्वत शिल्पी भैरव अर्यालको सम्झनालाई स्थायी बनाउने र हास्यव्यङ्ग्यको प्रवद्र्धन गर्ने उद्दश्यले स्थापना गरिएको पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

त्यसैगरी भैरव पुरस्कार गुठीको पुरस्कार चयन समितिको बिहीबार बसेको बैठकले २०७३/७४ सालको ‘भैरव पुरस्कार’ कलाकार शशी शाहलाई प्रदान गरिने भएको गुठीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । पुरस्कार आगामी असोज ६ गते एक समारोहबीच प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.