सनराइज बैंकले नगद लाभांश र १० प्रतिशत बोनस शेयर वितरण गर्ने

काठमाडौँ, १५ कात्तिक : सनराइज बैंक लिमिटेडको १२औँ वार्षिक साधारणसभा आज बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भएको छ ।

साधारणसभाले बैंकको हालको चुक्ता पूँजीकोे पाँच दशमलव आठ प्रतिशतका दरले हुने रु ४७ करोड २८ लाख ४८ हजार २३९ बराबरको नगद लाभांश वितरण र १० प्रतिशतका दरले हुने रु ८१ करोड ५२ लाख ५५ हजार ५८५ बराबरको बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

विसं २०६४ असोज २५ मा स्थापना भई हाल चुक्ता पूँजी रु आठ अर्ब १५ करोड रहेकामा साधारणसभाबाट पारित बोनस शेयर समेत रु आठ अर्ब ९६ करोड ८१ लाख एक हजार ४३६ कायम भएको बैंकले जनाएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यसहित बैकले १२२ शाखा, ३८ शाखारहित बैंकिङसेवा, आठ एक्सटेन्सन काउन्टर, १४३ एटिएममार्फत आफ्ना छ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.