नेपाल–भारतको सीमामा संयुक्त सहायता कक्ष

धनगढी, ५ असोज : नजिकिँदै गएका चाँडपर्वलाई लक्षित गरी नेपाल–भारत सीमा नाका गौरीफन्टामा नागरिकको सुरक्षाका लागि दुवै देशका सुरक्षाकर्मीको संयुक्त सहायता कक्ष सञ्चालनमा आएको छ ।

सीमा नाका हुँदै आवागमन गर्ने नागरिकको समस्या समाधानमा सघाउ पु¥याउन नेपालको सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल(एसएसबी)को संयुक्त पहलमा सहायता कक्ष सञ्चालनमा आएको हो ।

सीमामा आवागमन गर्ने नागरिकलाई पर्ने समस्या समाधानमा सहजीकरण गर्न संयुक्त सहायता कक्ष सञ्चालन गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभयो । यात्रुलाई गन्तव्यसम्म पु¥याउनका लागि तोकिएको भाडा दरको सूची सीमामा राख्नसमेत विद्युतीय रिक्सा र बस व्यवसायीलाई निर्देशन दिइएको उहाँले बताउनुभयो । वडादशैँ तथा तिहार पर्व नजिकिँदै जाँदा गौरीफंटा नाका हुँदै भित्रिने नेपालीको भीड लाग्न थालेको छ ।

उक्त कक्ष सञ्चालनसँगै सीमामा आवागमन गर्ने नागरिक माथि हुने ज्यादती र दुव्र्यवहारका घटना रोकिने विश्वास गरिएको छ । यसैबीच नेपाल र भारतका सीमा सुरक्षा अधिकारीको शनिबार गौरीफंटामा बसेको नियमित बैठकमा सीमा क्षेत्रमा नागरिकको आवागमन सहज बनाउने र आवश्यक सुरक्षा व्यवस्था मिलाउने समझदारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.