रायमाझी र नीरभिमको ‘स्वाधिनता’ सार्वजनिक
काठमाडौँ, ३१ साउन : भूपेन्द्र रायमाझीको सङ्गीत र नीरभिमको रचना रहेको राष्ट्रिय गान एल्बम ‘स्वाधिनता’ विमोचन गरिएको छ । एल्बम विमोचन गर्न आयोजित कार्यक्रममा वरिष्ठ गीतकार रत्नशम्शेर थापा र सङ्गीतकार दीपक जङ्गमले राष्ट्रिय गीतहरु ओझेलमा परेको अहिले अवस्थामा राष्ट्रियताले ओतप्रोत गीतहरुको सिर्जना प्रशंसनीयकार्य हो भन्नुभयो ।
गीतकार प्रमोद ढुङ्गानाले एल्मबका सबै गीतमा नेपाली सम्पदा, संस्कृति, राष्ट्रियताका साथै विविधतामा एकताको भावना झल्किएको उल्लेख गर्नुभयो । कार्यक्रममा सङ्गीतकार भूपेन्द्र रायमाझीले एल्मबका गीत गाएर सङ्गीत अभिवादन गर्नुभएको थियो ।
एल्बममा रहेका जम्मा पाँच गीतमा शिव परियार, आशिष गुभाजु, प्रमोद खरेल, जगदीश समाल, प्रदीप निरौला, अञ्जु पन्त, मधु गुरुङ, जुनु रिजाल, हरिशङ्कर चौधरी र मनोज शिवाकोटीको स्वर रहेको छ ।
