सपिङसेन्टरको आठौँ तलाबाट खसेर मालपोतका पूर्व नायब सुब्बा श्रेष्ठको मृत्यु

युक्त प्रसाद श्रेष्ठ । तस्विर साभार: नागरिकन्युज

काठमाडौँ, १२ साउन : काठमाडौँको माछापोखरीस्थित एक सपिङसेन्टरको आठौँतलाबाट खसेर आज एक जनाको मृत्यु भएको छ । माछापोखरी सपिङसेन्टरको आठौँतलाबाट खसेर काठमाडौँ महानगरपालिका–१६ निवासी ५७ वर्षीय युक्तप्रसाद श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

आज दिउँसो भएको उक्त घटनापछि गम्भीर घाइते श्रेष्ठको पिपुल्स अस्पताल नयाँ बजारमा उपचारको क्रममा ज्यान गएको हो । घटनाको कारण भने खुलेको छैन । श्रेष्ठ मालपोत कार्यालयको नायब सुब्बाबाट अवकासप्राप्त कर्मचारी भएको प्रहरीले जनाएको छ ।

२०४९ सालमा तत्कालिन प्रमुख मालपोत अधिकृत कलाधर देउजा लगायतको निर्देशनमा आफूले सरकारी जग्गा व्यक्तिका नाममा कायम गर्न फायल खडा गरेको बयान उनले अख्तियारलाई दिएका छन्।

२०२१ सालमै मुआब्जा दिएर अधिग्रहण गरिएको सरकारी जग्गा आर्थिक प्रलोभनमा परेर तत्कालिन भोगिधिकारीका नाममा कायम गर्न उनीसहित डिल्लीबजार मालपोत कार्यालयका कर्मचारीले नक्कली फाइल खडा गरेको आरोप छ। २०५८ सालमा सरकारी सेवाबाट अवकाश लिएका श्रेष्ठ त्यसपछि भने विभिन्न संघसंस्था हुँदै नेपाली कांग्रेससँग आवद्ध भएका थिए। २०४९ सालमा तत्कालिन प्रमुख मालपोत अधिकृत कलाधर देउजा लगायतको निर्देशनमा आफूले सरकारी जग्गा व्यक्तिका नाममा कायम गर्न फायल खडा गरेको बयान उनले अख्तियारलाई दिएका छन्।

उनी आफैँ खसेका हुन् या कसैले खसालेको हो भन्ने बारेमा भने अनुसन्धान भइरहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । श्रेष्ठको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.