टाटोसुमो दुर्घटना हुँदा दुईको मृत्यु, सात घाइते

रसुवा, ११ साउन : रसुवागढीबाट काठमाडौँ जाँदै गरेको टाटोसुमो आज साँझ टिपुरेको तातोपानी इलाकामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ईश्वरी भण्डारीका अनुसार सो दुर्घटनामा दुई जनाको मृत्यु भएको र सात घाइते भएका छन् ।

मृत्यु हुने र घाइतेको पहिचान खुलेको छैन । ना१ज ७८२४ नंको टाटासुमो काठमाडौँतर्फ आउँदै गर्दा पहिरोसँगै आएको ठूलो ढुङ्गाले लागी दुर्घटना भएको हो । सात घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको र दुर्घटनास्थलमा उद्धारका लागि प्रहरी परिचालन भएको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी प्रवक्ता भण्डारीले बताउनुभयो ।

टाटासुमोमा सवार १० मध्ये चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.