आदिकवि भानुभक्त पुरस्कार उपाध्यायलाई

काठमाडौँ, २९ असार : नेपाल शिक्षा परिषद्ले यस वर्षको आदिकवि भानुभक्त पुरस्कार वरिष्ठ साहित्यकार एवं भाषाविद् मुकुन्दशरण उपाध्यायलाई प्रदान गरेको छ ।

आदिकवि भानुभक्त आचार्यको १०६औँ जन्मजयन्तीको सन्दर्भमा प्रदान गरिएको उक्त पुरस्कारको राशि रु एक लाख २५ हजारसहित सम्मानपत्र छ । यहाँ आज आयोजित कार्यक्रममा वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले पुरस्कार प्रदान गर्दै परिषद्ले नेपाली भाषा, साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान गरेकामा त्यसको सराहना गर्नुभयो ।

उक्त पुरस्कारबाट आफू पनि सम्मानित भएको बताउँदै उहाँले भानुभक्तले संस्कृत भाषामा रचिएको रामायणलाई नेपालीमा अनुवाद गरी नेपाली भाषाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकाले नयाँ पुस्ताले सधँै आदिकविको स्मरण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

भीमबहादुर अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आदिकवि भानुभक्तको नाममा स्थापना गरिएको पुरस्कार प्राप्त गर्ने उपाध्यायले नेपाली साहित्यको प्रवद्र्धनमा थप क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । परिषद्ले विसं २०५२ देखि भानुभक्त र २०५० देखि असिम पुरस्कार प्रदान गर्दै आएको हो ।

 आदिकविको सम्झनामा ‘सुन्दरकाण्ड (रामायण)’    

भानु जयन्तीका अवसर पारेर तुङ्गनाथ उपाध्यायको ‘सुन्दरकाण्ड (रामायण)’ को पहिलो अंश बजारमा आएको छ । गायन तथा सङ्गीत स्वयम् उपाध्यायकै छ । ‘सुन्दरकाण्ड (रामायण)’ एउटा सर्वथा नौलो शैलीमा आदिकवि भानुभक्तीय रामायणको ‘सुन्दरकाण्ड’बाट केही अंशविशेषको सङ्गीतमय गायनको एउटा प्रारम्भिक प्रस्तुति हो । प्रत्येक दुई श्लोकपछि लय परिवर्तन हुन्छ अनि निरन्तरता भङ्ग नगरी अघि बढ्छ । रामायणको पारम्परिक पाठ अथवा वाचन नभई सङ्गीतमय गायन हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.