महासङ्घ र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता 

काठमाडौँ, २६ असार : नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र राष्ट्रिय वाणिज्य बैंकबीच लघु, घरेलु तथा साना उद्यमीको वित्तीय पहुँच बढाउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा महासङ्घका तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गर्नुभयो ।

सो अवसरमा महासङ्घका अध्यक्ष गिरीले सहमतिले तल्लो तहका उद्यमीसम्म वित्तीय पहुँच पु¥याउन सहज हुने बताउनुभयो । झण्डै ३५ हजार उद्यमी साधारण सदस्य रहेको र ६० जिल्लामा जिल्ला महिला उद्यमी समितिअन्तर्गत ११ हजारभन्दा बढी महिला उद्यमी रहेको र २४ वटा वस्तुगत सङ्घसमेतको गणना गर्दा झण्डै अर्को एक लाख उद्यमी सदस्य रहेका छन् ।

समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले औद्योगिक क्षेत्रको एउटा प्रमुख संस्थासँग सरकारद्वारा घोषित सहुलियत कर्जा प्रवाहमा गरिने सहकार्यले उद्यमशीलताको विकास हुन गई ‘समृद्घ नेपाल, सुखी नेपाली’को राष्ट्रिय अभियानलाई सहयोग पु¥याउने बताउनुभयो ।

सहमतिअनुसार बैंकले निर्धारण गरेको विधि र प्रक्रियामा महासङ्घले विभिन्न कर्जामा सदस्य उद्यमीहरुलाई सहजीकरण गर्नेछ । सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत महिला उद्यमशीलता कर्जा, व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारबाट फर्केका युवा परियोजना कर्जा, दलित समुदाय व्यवसाय कर्जा रहेका छन् भने नियमित कर्जाअन्तर्गत स्वच्छ वातावरणीय सवारी साधन कर्जा र लघु, घरेलु तथा साना उद्योग कर्जा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.