DNA ब्राण्डको पुरुष फेसन सामाग्री घोषणा
काठमाडौँ, २५ असार : नेपालका केहि उत्साहित व्यवसायिक युवाहरुको अगुवाईमा तयारी कपडाको DNA ब्राण्डको राजधानीमा एक कार्यक्रमकाबीच घोषणा गरिएको छ ।
अन्तर्राष्ट्रिय गुणस्तरका ब्राण्ड प्रति नेपाली युवाहरुको झुकावलाई मध्यनजर गर्दै सुपथ मुल्यमा आफ्नो ब्राण्ड नेपाली बजारमा पुर्याउने DNA Clothing Nepal ले जनाएको छ ।
विशेषगरी नयाँ पुस्ताका युवाहरुलाई लक्षितगरी ल्याइएको पुरुष फेसन सामाग्री देशभरीका ७५ भन्दाबढी बिक्रि केन्द्र मार्फत बजार प्रबद्धन गरिने बताइएको छ ।
विदेशी ब्राण्को विकल्पको रुपमा स्थापित गराउने, ब्राण्डका नाममा महङ्गा फेसन सामाग्रीलाई निरुत्साहित गर्ने, उचित मुल्यमा गुणस्तरिय फेसन सामाग्री उपलब्ध गराउने DNA Clothing Nepal ले जनाएको छ ।
DNA Clothing Nepal ले आफ्ना फेसन सामाग्रीलाई बजार प्रबद्धन गर्न संगीतकर्मी प्रकाश सपुतलाई ब्राण्ड एम्बास्डर बनाएको छ ।
