‘आर्थिक वृद्धिको लक्ष्य साकार तुल्याउन मौद्रिक नीति’

काठमाडौँ, ९ असार : देशका एक वरिष्ठ अर्थशास्त्रीले मुलुकको आर्थिक वृद्धिमा योगदान पु¥याउन तथा सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेका विकास–निर्माणका काममा सघाउन मौद्रिक नीति केन्द्रित हुने बताएका छन् । मुद्रास्फीति घटाउने तथा आर्थिक वृद्धि दर बढाउनेमा केन्द्रित रहेर दीर्घकालीन सोचका साथ केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै आएको उनले बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले देशको अर्थतन्त्रलाई उकास्ने, बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या हुन नदिने, वित्तीय सुशासन कायम गर्ने दीर्घकालीन दृष्टिकोणका साथ मौद्रिक नीति बनाइँदै आएको बताउनुभयो ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रित रहेर ‘आइबिएन न्यूज मिडिया एण्ड रिसर्च’ नामको संस्थाले आयोजना गरेको छलफलमा उहाँले जनताको निक्षेपको पूर्ण सुरक्षा गर्दै उत्पादनशील क्षेत्रमा त्यसको सदुपयोग गर्ने विषयलाई बढावा दिनु मौद्रिक नीतिको मूल लक्ष्य र उद्देश्य हुने बताउनुभयो ।

नेपाल बैंकर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले कर्जाको ब्याज घटाउन आफूहरू लागिपरेको तथा कृषि र जलविद्युत् क्षेत्रमा केन्द्रीय बैंकको निर्देशनबमोजिम लगानी गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रमका अध्यक्ष एवं आइबिएन न्यूज मिडिया एण्ड रिसर्चका प्रबन्ध निर्देशक हृदयराज गौतमले लगानीयोग्य रकमको अभावमा व्यवसाय विस्तारमा समस्या भएको उद्यमी–व्यवसायीका गुनासालाई केन्द्रीय बैंकले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.