एष्ट्रोनोमी ओलम्पियाड २०१९ को नतिजा प्रकाशन

काठमाडौँ, २५ जेठ : नेपाल एष्ट्रोनोमिकल सोसाइटीले छैटौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१९ को तेस्रो तथा अन्तिम चरण (बन्द शिविर) को नतिजा प्रकाशन गरेको छ ।

ओलम्पियाड जेठ १८ देखि २४ गतेसम्म सञ्चालन भएको थियो । बन्द शिविरमा ७ प्रदेशमा सञ्चालन भएको थियो । प्रथम र दोस्रो चरणबाट छनोट भएका ३० विद्यालयका ३६ विद्यार्थी अन्तिम चरणमा सामेल भएका थिए । यस वर्ष सिनियरतर्फ जेभियर इन्टरनेसनल कलेज कालोपुल, काठमाडौँका निमा ह्योल्मो, तथा जुनियरतर्फ सिद्धार्थ शिशु निकेतन, जनकपुर, धनुषाका राहुल रञ्जन साह प्रथम भएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।

बन्द शिविर वसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजमा भएको थियो । बन्द शिविरमा छनोट भएका विद्यार्थीलाई खगोल विज्ञानसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गरिएको थियो । शिविरमा उत्कृष्ट प्रदर्शन गर्नेलाई यस वर्ष हुने विभिन्न अन्तर्रास्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा सहभागिताको अवसर प्रदान गरिने सोसाइटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.