कैलाली र कञ्चनपुरमा हावाहुरी, तेह्र जना घाइते

धनगढी, २३ जेठ : कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा आज साँझ आएको हावाहुरीले धनमालको क्षति गरेको छ । हुरीबतासका कारण जनजीवन निकै प्रभावित बनेको छ ।

झण्डै एक घण्टासम्म चलेको हावाहुरीका कारण १३ जना घाइते भएको प्रहरी निरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो । ठाउँ ठाउँमा रुख ढलेका छन् भने विजुलीका खम्बा ढल्दा विद्युत् आपूर्ति बन्द्य भएको छ । हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा सयौँ घरमा क्षति पुगेको प्रहरी निरीक्षक डाँगीले बताउनुभयो ।

“क्षतिबारे अनुमान गर्न मुश्किल भएको छ, हामी क्षतिको विवरण सङ्कलन गरिरहेका छौँ”, उहाँले भन्नुभयो । यस्तै कञ्चनपुरमा समेत हावाहुरीबाट क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.