न्यायको निष्ठा झर्न नदिने प्रतिबद्धता

काठमाडौँ, १९ जेठ : सर्वोच्च अदालतका नवनियुक्ति पाँच न्यायाधीशले न्यायालयको गरिमा र नागरिकको न्यायको निष्ठालाई झर्न नदिने गरी न्याय सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सर्वोच्च बार एशोसिएशनले नवनियुक्त पाँच न्यायाधीशलाई बधाई तथा सफल कार्यकालको शुभकाना दिन आज आयोजित कार्यक्रममा उहाँहरुले नागरिकले छिटो र सहज तरिकाले न्याय दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सर्वोच्च अदालत बारले हालै नियुक्त भएका न्यायाधीशहरु प्रकाश ढुङ्गाना, सुस्मालत्ता माथेमा, कुमारप्रसाद रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्मालाई सफल कार्यकालका शुभकामना दिएको छ ।

सर्वोच्च बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारीले न्यायालयको गरिमा र नागरिकको न्याय पाउने हकलाई केन्द्रमा राखेर काम गर्न अनुरोध गर्दै न्यायालय र बारको सम्बन्धलाई बलियो बनाएर लैजानुपर्ने बताउनुभयो ।

सर्वोच्च बारका उपाध्यक्ष राजु खड्काले सर्वोच्च अदालतमा नियुक्ति भएका सबै न्यायाधीशलाई बधाई दिँदै आएको र न्यायाधीशको प्रत्येक पलमा परीक्षा हुने भएको हुँदा उत्कृष्ट नतिजा ल्याउने तरिकाले कार्य गर्न अनुरोध गर्नुभयो ।

न्याय परिषद्ले गत वैशाख ६ गते सर्वोच्च अदालतका न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो भने गत वैशाख ८ गते उहाँले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.