प्राध्यापक सङ्घको महाधिवेशन जेठ ९-११ गते काठमाडौँमा

काठमाडौँ, २७ वैशाख : नेपाल प्राध्यापक सङ्घको १६औँ राष्ट्रिय महाधिवेशन आगामी जेठ ९, १० र ११ गते काठमाडौँमा हुने भएको छ । सङ्घको हालै सम्पन्न पूर्ण बैठकले महाधिवेशनको मिति तय गर्दै आवश्यक तयारी अन्तिम चरणमा पुगेको सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महाधिवेशनमा सङ्घका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सङ्घको छाताभित्रका त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पब्लिक क्याम्पस, प्राध्यापक सङ्घ, नेपालका केन्द्रीय समितिका पदाधिकारी र ती सङ्घबाट निर्वाचित नेपाल प्राध्यापक सङ्घको राष्ट्रिय महाधिवेशन प्रतिनिधि तथा केन्द्रीय निर्वाचन समितिका पदाधिकारी सदस्य सहभागी हुने जनाइएको छ ।

महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न सङ्घका अध्यक्ष रामेश्वर उपाध्यायको संयोजकत्वमा १२४ सदस्यीय मूल आयोजक तथा स्वागत समिति गठन गरिएको छ । प्राडा नारायणप्रसाद गौतमको अध्यक्षतामा सङ्घको विधानबमोजिम केन्द्रीय निर्वाचन समिति, सङ्घका उपाध्यक्ष रणजीतप्रसादको संयोजकत्वमा प्रस्ताव उपसमिति, कोषाध्यक्ष किशोर गौतमको संयोजकत्वमा व्यवस्थापनलगायत समिति गठन गरिएको सङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.