तस्वीर दुरुपयोग गरेको अभियोगमा प्रधानाध्यापक चौलागाईं पक्राउ

मेलम्ची, २४ वैशाख : फटकशिला माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक महासङ्घ सिन्धुपाल्चोकका सचिव ईश्वर चौलागाईं साइबर क्राइमअन्तर्गत पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यलय मेलम्चीले राष्ट्र र सरकार प्रमुखका तस्वीर दुरुपयोग गरी आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजानिक गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।
अभियुक्त चौलागाईंलाई आजै महानगरीय अपराध महाशाखामा बुझाइने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.