क्षेत्रीको ‘व्रतभङ्ग’ सार्वजनिक
साहित्यकार थापाले महिला–पुरुष सम्बन्धका विविध आयामबारे कथा बुनिएको बताउनुभयो । कवि एवं समालोचक पौड्यालले क्षेत्रीका कथामा यौन मनोवैज्ञानिक पक्ष मात्र नभइकन सूक्ष्म मनोवैज्ञानिक जीवनबोधी पाटा पनि भएको र यो पाटो नै बढी शक्तिशाली रहेको बताउनुभयो ।
आख्यानकार गौतमले क्षेत्रीका कथामा जर्ज बनार्ड शा र हेनरिक इब्सेनको आंशिक प्रभाव देखिए पनि शैली आफ्नै मौलिकतामा उभिएको बताउनुभयो ।
पुस्तकलाई बिएन पुस्तक संसार प्रालिले बजारमा ल्याएको हो ।
