बीउ र बिरुवासँगै रोग आयात

ललितपुर, ६ भदौ : नेपालमा खुला सिमानाका कारण छिमेकी देशबाट बीउ र बिरुवासँगै रोग पनि भित्रिरहेको छ ।

बीउ आफैँ रोगी हुँदा वा बिरुवासँगै आएको माटोले गर्दा रोग फैलिने गरेको नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) अन्तर्गतको बाली रोग विज्ञान महाशाखाले जनाएको छ ।

खुला सिमानाका कारण भारतबाट रोगी बिरुवा भित्रने गरेको वैज्ञानिक चेतना मानन्धरले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले बिरुवासँगै रोग पनि ल्याएका हुन सक्छौँ ।” बीउ र बिरुवाबाट माटोजनित रोग भित्रिरहेको हो ।

नेपालमा अहिले हाइब्रिड बीउ धेरै आयात भइरहेको उहाँले बताउनुभयो । हाइब्रिड बीउसँगै विभिन्न खालका रोगका जीवाणु भित्रिएको छ । कतिपय रोग हावाबाट पनि सर्ने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “तराईमा भारतबाट सजिलै रोग आउन र यताबाट उता फैलन सक्छ ।” निरोगी बिरुवामा पनि माटो, हावा, पानीलगायतका कुनै एउटा माध्यमबाट रोग फैलिने गर्छ ।

सरकारले अन्य देशबाट आयात हुने र नेपालबाट अन्य देशमा निर्यात हुने बिरुवा तथा बीउको स्वास्थता परीक्षणका लागि कार्यालय स्थापना गरेको छ । तर खुला सिमानाका कारण सबै परीक्षण हुन सकेको छैन । आन्तरिकरुपमा बीउ तथा बिरुवाको स्वस्थता परीक्षण नहुँदा देशको एक ठाउँमा देखिएको रोग सबैतिर फैलने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.