विदेशीले गरे नेपाली चियाको प्रशंसा

यस्तै, स्वीस नागरिक ओलिवनले संसारका धेरै देशमा नेपालमा यस्तो चिया बन्छ भन्ने थाहा नभएको बताउनुभयो । उहाँले नेपाल पनि एक प्राकृतिक हराभरा भएको देश भएकाले चियाले यसको पहिचान दिलाएको बताउनुभयो । “अरू देशमा कसले कस्तो चिया बनाए भन्नेमा तपाईंहरू चासो नलिनुहोस्”, ओलिवनले भन्नुभयो, “आफ्नो चियाको बजारीकरणमा ध्यान दिनुहोस् ।” उहाँले नेपाली चिया विश्वकै गुणस्तरीय चिया भएको बताउनुभयो । चार वर्षदेखि नेपाली चियाको प्रवद्र्धनमा लाग्नुभएकी ओलिवन नेपाली चिया स्वीट्जरल्याण्डमा समेत बेच्ने गर्नुभएको छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य काजीमान कागतेले आफू चिया उद्यमी नै रहे पनि विदेशी नागरिकले समेत नेपाली चियाको प्रशंसा गरेकामा हर्षित भएको उल्लेख गर्नुभयो । उहाँले प्रदेश नं १ लाई चिया क्षेत्र घोषणा गर्नसमेत प्रदेश लागेको बताउनुभयो । “हामीले प्रदेशस्तरीय चिया बोर्डसमेत बनाउन खोजेका थियाँै, तर बोर्डचाहिँ केन्द्र सरकारकै मातहतमा हुनुपर्ने प्रावधान छ”, उहाँले भन्नुभयो, “तर, हामी चियालाई पहिलो प्राथमिकतामा राखेर काम गर्छौँ ।”
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.