‘सहकारीलाई अनुदान दिइन्छ’ : मन्त्री अर्याल

काठमाडौँ, २० चैत : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आर्थिक रुपान्तरणका लागि व्यावसायिक रुपमा लागेका सहकारीलाई सरकारले प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराउने बताउनुभएको छ ।

६२ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले छरिएका स–सना पूँजीलाई सङ्कलन गरी उत्पादनमूलक क्षेत्रमा लगानी गरेका सहकारीले समग्र मुलुकको समृद्धिमा सहयोग पु¥याउने बताउनुभयो ।

सहकारीमा आबद्ध जनशक्तिलाई सीपमूलक तालीम दिएर उत्पादनमा लगाउन आग्रह गर्दै उहाँले अहिले सहकारीको सङ्ख्या आवश्यकताभन्दा धेरै भएकाले समस्या आइरहेको हुँदा त्यसको एकीकरण गर्ने कार्यमा मन्त्रालय अगाडि बढेको बताउनुभयो ।

अहिले भएका सहकारीको सङ्ख्यालाई ५० प्रतिशतले कटौती गरिने बताउँदै उहाँले भन्नुभयो, “सहकारीको सङ्ख्या अहिले अत्यधिक छ । यसलाई मर्जर गर्ने अभियानमा हामी लागेका छौँ । आगामी पाँच वर्षमा सहकारी आधाले कमी गरिनेछ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.