पल्लीमगरको ‘मेरो जीवनयात्रा’

काठमाडौँ, २६ फागुन : सङ्गीतविज्ञ हस्तबहादुर थापा (पल्लीमगर)को आत्मकथा ‘मेरो जीवनयात्रा’ लोकार्पित भएको छ । रत्न पुस्तक भण्डारले बजारमा ल्याएको सो पुस्तकको पूर्वप्रहरी महानिरीक्षक खड्गजीत बरालले शनिबार विमोचन गर्नुभएको हो ।

स्याङ्जाको एउटा विकट र पिछडिएको गाउँमा जन्मे–हुर्केका र २८ वर्ष बेलायती सेनाको ब्रिटिस गोर्खा ब्याण्डमा कामको अनुभव हासिल गरेका थापाले विसं २०३४ मा नेपाल प्रहरीमा सङ्गीत प्रशिक्षकका रूपमा सेवा शुरु गर्नुभएको थियो ।

उहाँका यसअघि ‘प्राथमिक सुरसमता मार्ग (भाग–३ सम्म)’, ‘आधारभूत स्टाफ नोटेशन तथा नेपाली पर्व, संस्कार र सांस्कृतकि धुनहरू’, ‘सरल सङ्गीत ज्ञानमाला र परम्परागत बिगुल धुनहरू’ प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.