‘पोखरेलको निधनले मुलुकलाई अपूरणीय क्षति’

विराटनगर, २५ फागुन : वरिष्ठ भाषाशास्त्री बालकृष्ण पोखरेलको निधनले मुलुकलाई अपूरणीय क्षति पुगेको प्रदेश नं १ का प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले बताउनुभएको छ । पोखरेलको १३औँ पुण्यतिथिका अवसरमा आयोजित श्रद्धाञ्जलिसभामा उहाँले स्व पोखरेल वहुमुखी प्रतिभाका धनी हुनुका साथै धेरै भाषाका विज्ञ हुनुहन्थ्यो भन्नुभयो ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्व पोखरेलले देखाएको बाटोमा हिँड्न सके मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरको ट्राफिक चोकदेखि निलसदनसम्मको सडकको नाम ‘बालकृष्ण मार्ग’ राखिने बताउनुभयो । उहाँको नाममा स्मृतिग्रन्थसमेत प्रकाशित गरिने पराजुलिले जानकारी दिनुभयो ।

नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले भाषाशास्त्री पोखरेलले नेपाली भाषा साहित्यमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । सभामा प्राडा टङ्क न्यौपाने, प्राडा बद्रीविशाल पोखरेल, दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, इन्दिरा रिजाल, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेल, मीनकुमार नवोदितलगायतले भाषाशास्त्री पोखरेलको नाममा प्रतिष्ठान गठन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.