राष्ट्रपति भण्डारीद्वारा नेता अधिकारीको स्वास्थ्यबारे जानकारी

काठमाडौं, १७ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

राष्ट्रपति भण्डारी आज साँझ अस्पताल पुगेर अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिनुभयो ।

नेता अधिकारीको सघन उपचार कक्षमा (आइसियु) मा राखेर उपचार भइरहेको छ । गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइएकोमा सुधार नभएपछि माघ २४ गते ह्याम्स अस्पताल लगिएको थियो । नेता अधिकारीको छातीमा समस्या देखिएको छ । उहाँको उपचारमा डा राजु पँगेनी, डा मनबहादुर केसी, डा अर्जुन कार्कीलगायत संलग्न हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.