सनराइज र गरिमा बैंकबीच व्यापार साझेदारी

काठमाडौँ, १ फागुन : सनराइज र गरिमा विकास बैंकबीच व्यापार साझेदारी सम्झौता भएको छ ।

सम्झौतापश्चात् सनराइजका सबै शाखामार्फत गरिमा विकास बैंकका कुनै पनि ग्राहकले राष्ट्रिय सेवा तथा अन्तर्राष्ट्रिय विदेशी विनिमयसँग सम्बन्धित सुविधा निर्वाध प्राप्त गर्न सक्ने सनराइज बैंकले जनाएको छ ।

सम्झौताबाट गरिमा विकास बैंकका ग्राहकको बैंकिङसम्बन्धी सम्पूर्ण आवश्यकता सहज पूरा हुने सनराइजद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा गरिमा विकास बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.