डा तुम्लाको जीवनमा आधारित ‘लुना’ लोकार्पण

काठमाडौँ, १९ माघ : डा तुम्ला लौकालको जीवनमा आधारित रहेर लेखिएको पुस्तक ‘लुना’ को लोकार्पण गरिएको छ ।

लेखनकुञ्जमा आयोजित कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशी, लेखक लाकौल, महिला अधिकारवादी इन्दिरा बस्नेत, मनोविद् करुणा वन्तलगायतले संयुक्तरुपमा विमोचन गर्नुभयो ।

सो अवसरमा शताब्दी पुरुष जोशीले आफूले विसं १९९५ मा पढेको ‘रुपमति’देखि ‘लुना’सम्म आइपुग्दा उपन्यासमा धेरै विविधता आए पनि जीवनवादी दृष्टिकोणले यो उपन्यास अहिलेसम्मकै फरक रहेको बताउनुभयो ।

लेखक डा लाकौलले आफ्नो जीवन असाध्यै जटिल मोडमा भएको अवस्थामा लेखिएको यो कृतिले आफूलाई ‘शेली’को कविता याद दिलाएको बताउनुभयो । ‘भयानाक पीडाबाट एक सुन्दर कविता जन्मन्छ’ भन्ने उक्ति जस्तै यस कृति पनि जीवनको निकै दर्द भएर बाँच्न नसक्ने बेलामा लेखेकाले यसले समाजलाई प्रेरणा दियो भने आफूलाई खुशी लाग्ने बताउनुभयो ।

घोष्ट राइटिङ नेपालले प्रकाशित गरेको पुस्तक जीवनोपन्यास हो । उक्त कृतिको मूल्य रु ३५० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.