न्यायालय र न्याय परिषद्बबीच अन्तरक्रिया शुरु

घोराही, १८ माघ : न्याय परिषद् सचिवालयको आयोजनामा आजदेखि दाङको घोराहीमा देवानी, फौजदारी संहिताको कार्यान्वय र न्यायिक सुशासनको विषयमा अन्तरक्रिया शुरु भएको छ ।

प्रदेश नं ५ का सबै जिल्ला र प्रदेश नं ६ को रुकुम र सल्यानका न्यायाधीश, रजिस्टार र स्रेस्तेदारहरु अन्तरक्रियामा सहभागी छन् । यसैबीच दुईदिने अन्तरक्रिया कार्यक्रमको एक औपचारिक कार्यक्रमको आयोजना गरेर उद्घाटन गरिएको छ । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीको अध्यक्षता एवम् न्याय परिषद्का सदस्य पदम वैदिकको प्रमुख आतिथ्यतमा कार्यक्रम गरिएको थियो ।

न्याय परिषद्का सदस्य वैदिकले नेपालले परिप्रेक्षमा अन्य क्षेत्रभन्दा न्याय क्षेत्र बढी सुशासित भए पनि पछिल्लो समय न्यायालयमाथि पनि विभिन्न आक्षेप लाग्ने गरेको बताउनुभयो । उहाँले न्यायालयमाथि टीकाटिप्पणी बढेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा न्याय परिषद्का अर्का सदस्य रामप्रसाद सिटौलाले अदालतप्रति अझै जनताको आस्था कायम रहेको भन्दै जनताप्रतिको आस्थालाई निरन्तर कायम राख्न न्यायाधीशहरुलाई आग्रह गर्नुभयो । उच्च अदालत नेपालगञ्जका मुख्य न्यायाधीश विष्णु देवकोटाले देशमा नयाँ ऐन लागू भएको अवस्थामा न्याय क्षेत्रमा काम गर्नेलाई ऐनका बारेमा प्रस्ट पार्नु आवश्यक रहेको आँैल्याउनुभयो ।

शनिबारसम्म चल्ने कार्यक्रममा न्यायिक सुशासनका विविध पक्ष, न्यायिक अनुगमनमको प्रभावकारिता, न्यायिक अनुशासन कायम गराउन न्याय परिषद्को भूमिका, नयाँ संहिताहरु लागू भएपछिको परिमार्जित सन्दर्भमा अदालतमा जनशक्तिको व्यवस्थापन, देवानी फौजदारी कार्यविधि लगायतका विषयमा छलफल गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.