रेडक्रस मोरङको ४६औँ वार्षिक साधारणसभा सम्पन्न, १९ हजार १६१ पिन्ट रक्त सङ्कलन

 

विराटनगर, १२ माघ : नेपाल रेडक्रस सोसाइटी मोरङले गत आवमा १९ हजार १६१ पिन्ट रगत सङ्कलन गरेको छ । मोरङको ग्रामथान गाउँपालिकामा आज आयोजित सोसाइटीको ४६औँ वार्षिक साधारणसभा र आर्थिक प्रतिवेदन कार्यक्रममा सो जानकारी गराइएको हो ।

यसरी सङ्कलन गरिएका रगतमध्ये मोबाइल सङ्कलनबाट ११ हजार ७७२, ऐच्छिक शोधभर्नाद्वारा ३६२, स्वयंसेवीबाट सात हजार २७ पिन्ट रगत सङ्कलन गरी १८ हजार हजार १८१ पिन्ट स्वस्थकर रगत बिरामीलाई वितरण गरेको छ ।

सो अवसरमा शाखा अध्यक्ष सुवोधकुमार सिंहले मानव सेवा कार्यमा आफ्नो घोषित उद्देश्यअनुसार संस्थाले कार्य गरिरहेको बताउँदै १९ हजार ८४० विपतपीडित व्यक्तिलाई गत वर्ष राहत सामग्री वितरण गरिएको जानकारी दिनुभयो । सभामा सोसाइटीका मोरङ कोषाध्यक्ष सुकदेवप्रसाद मण्डलले आगामी आव २०७६÷७७ का लागि रु दुई करोड ८९ लाख ९९ हजार ९२९ को अनुमानित वार्षिक बजेट पेश गर्नुभयो ।

सो अवसरमा ग्रामथान गाउँपालिका उपाध्यक्ष फूलकुमारी चौधरी र शाखाका मन्त्री डिल्ली पोखरेलले वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । गत वर्ष सबैभन्दा बढी रक्तदान गर्ने सङ्घसंस्थालाई सम्मानित गरिएको थियो । मोरङ जिल्लामा ५३ उपशाखाअन्तर्गत २९४ जना प्रतिनिधिको साधारणसभामा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.